साफ यू-२० च्याम्पियनशिपको फाइनलमा चुक्यो नेपाल, बङ्गलादेशलाई उपाधि
काठमाडौं । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि रक्षा गरेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ४-१ गोल अन्तरले स्तब्ध भएको हो । बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा मिराजुल इस्लामले गोल गरे ।
बंगलादेशका लागि इस्लामले दुई, रब्बी हुसेन राहुल र पिआस अहमद नोभाले एक-एक गोल गरे । नेपालका लागि खेलको ८१ औं मिनेटमा समिर तामाङले एक गोल फर्काए पनि हार टार्न भने सकेन । बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो ।
यसअघि तीन पटकसम्म फाइनलमा पुगेको बङ्गलादेश उपाधिविहीन रहेको थियो । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेको थियो ।
पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४-३ ले हराउँदै फाइनलमा पुगेका थिए ।

.gif)