इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथको खेल बराबरीमा टुंगियाे
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ४–४ को बराबरीमा रोकिएको छ । गोल वर्षा भएको यस खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे ।
म्यानचेस्टर युनाइटेडका लागि अमाद डायलोले १३ औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई राहत दिलाए । दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले ७७ औँ र म्याथियस कुन्हाले ७९औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।
तर बर्नमाउथले अन्तिम समयसम्म दबाब कायम राख्दै बराबरी गोल गर्न सफल भयो । अन्तिम समयसम्म नतिजा जोगाउन नसक्दा युनाइटेड घरेलु मैदानमै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

.gif)