sevenstartv.com ७ असार २०८३, आइतवार

असारको दोस्रो साताबाट बीपी राजमार्गको नयाँ ट्रयाक सञ्चालनमा ल्याइने

७ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । विगत केहि बर्ष यता बाढीले क्षतविक्षत बनाएको बीपी राजमार्गमा असार दोस्रो साताबाट सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धेरै मानिसको रोजाईमा पर्ने उक्त राजमार्ग छिटै संचालनमा ल्यानका लागि विभिन्न तहको संयुक्त पहलमा निमार्ण कार्यले सफलता पाएको हो ।

राजमार्गअन्तर्गत भकुन्डेबोसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा क्षति गरेको हो । हाल उक्त राजमार्ग धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही–केही ठाउँमा बर्खाकालागि ठूला ढुंगा राखेर सडक तयार गरी सवारी साधन सञ्चालन गर्न लागिएको जनाइएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले नयाँ ट्रयायकबाट असार दोस्रो सातादेखि सवारी साधन चलाउनेगरी तयारी गरीरहेको जानकारी गराएका छन् । छाटो दुरीको सो राजमार्ग बाढीले बगाए पछि रोसी खोलाबाट कष्टकर यात्रा गर्न बाध्य यात्रुका लागि सहज बनाउने उद्देश्य स्वरुप हाल चार ठाउँमा माथिबाट सवारी साधन कुदाउन सक्ने अवस्थामा रहेको प्रमुख योगेशले  बताएका छन् ।

मनसुनको समस्या भइनसकेकाले काम रोक्नेगरी ट्रयाक सडक खुला नगरिएको उनको भनाई छ । उनले चारसयबे‌ंसी, बोक्सीकुना, कालढुंगा र डालाबेंसीको एउटा खण्ड तयार भएको जानकारी गराएका छन् । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउने खण्डमा माटो भरेर बोल्डर (ठूला ढुंगा) राख्ने काम भइरहेकोले बर्षयाममा सो क्षेत्रमा खोलाबाट सवारी साधन चलाउनु नपर्ने उनको भनाई छ ।

७ मिटर उचाईसम्म सडक बनाएर ग्राभेल राखी सवारी साधन चलाउँने योजना रहेको उनलृे बताए । उनले बर्षा पछि भने खोलाबाट १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने जनाएका छन् । सो राजमार्ग काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्