sevenstartv.com ३ असार २०८३, बुधवार

विपक्षीको खोजी पछि सदनमा पुगे ६ मन्त्रीहरु

२ असार २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरुले विरोध जनाए पश्चात स्थगन भएको बैठक पुनः सुचारु भएको छ । विपक्षीले मन्त्रीहरुको उपस्थिति अनिवार्य हुनु पर्ने विरोध जनाए पछि ६ जना मन्त्री उपस्थित भएपछि प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् ।

मन्त्री उपस्थित भएपछि बैठक अघि बढाइएको छ। विपक्षीले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा मन्त्रीहरू अनिवार्य उपस्थित हुनुपर्ने कुरामा अडान राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए।

अहिले मन्त्रीहरुमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा बैठक सहभागीता रहेको छ ।

८ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा ६ जना मात्रै मन्त्री आएको भन्दै एमाले सांसद राजेन्द्र राईले विरोध जनाएका छन् । तर सभामुखले मन्त्रीहरू आउने क्रममा रहेको आश्वास दिलाएपछि सदन अगाडि बढेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्