sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा प्रदर्शन

फोटो फिचर

५ भदौ २०८३, शुक्रवार स्टार संवाददाता

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

 

 

 

काठमाडौं -बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा प्रदर्शन भएको छ ।

अधिकारकर्मी र आफन्तहरुले ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन गरिएको छ ।

गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा–२ घर भएका १६ वर्षीय सुमन थापा र प्रोगेस चौधरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८:३० बजे घरबाट हराएकी थिइन्।

भदौ २ गते मंगलबार साँझ करिब ५:४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको थियो । अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको थियो।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्