sevenstartv.com ४ असोज २०८३, आइतवार

परराष्ट्रमन्त्री आज अमेरिका जाँदै

४ असोज २०८३, आइतवार स्टार संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् । मन्त्री खनालसहितको एक टोली आज न्युयोर्क प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने र महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ । नेपालले हाल नेपालमा जलावायु परिवर्तनले पारेको असरको अवस्थालाई दर्शाउँदै जलवायु न्याय माग्ने रणनीति पत्रसहितको सम्बोधन महासभामा गर्ने भएको परराष्ट्रका अधिकारीहरुले जनाएका छन् ।

मन्त्री खनालको यो भ्रमण १० दिनको हुनेछ । उनी सेप्टेम्बर ३० मा मात्र स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसबीचमा उनले नेपालले आयोजना गरेको हाइलेभल इभेन्टको पनि अध्यक्षता र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उता नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह भने १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी ७ असोजमा न्युयोर्क पुग्नेछन् । उनको भ्रमण ५ दिनको रहेको छ ।

उनी ६ असोजमा नेपालबाट प्रस्थान गर्ने र ७ मा पुग्ने कार्यक्रम छ । त्यसैगरी उनले ८ असोजमा नेपालका तर्फबाट महासभाललाई सम्बोधन गर्ने र ९ असोजमा नेपाल प्रस्थान गरेर १० मा यहाँ आइपुग्ने भ्रमण सूची रहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्