sevenstartv.com ५ असार २०८३, शुक्रवार

महाविधेशन चटारोमा रास्वपा, रवि र बालेनले गर्दैछन् सम्बोधन

५ असार २०८३, शुक्रवार स्टार संवाददाता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको सरगर्मी बढ्न थालेको छ । ६ गते शनिवार साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय भएको छ । यो सँगै राष्ट्रिय महाधिवेशनको तयारीलाई समेत तिव्रता दिइएको छ ।

उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुको शुभकामना मन्तव्यसहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यतालिका रहेको रास्वपाको सचिवालयले जनाइएको छ ।

उद्घाटन सत्रलाई भव्य बनाउन उद्देश्य स्वरुप चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू समेत प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाको तयारी रहेको छ । भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ । तीनवटा सेक्सनमा तयार गरिएको ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्ने गरी तयारी गरिएको छ ।

काठमाडौंको मिडिया स्पेस सोलुसनले बनाउँदै गरेको संरचनामा मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको रहनेछ । बाँकी ३० मिटर लम्बाइ र २० मिटर चौडाइ भएका दुईवटा सहायक खण्ड रहनेछन् । यिनको उचाइ बीचको भागमा २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ । यस भित्र १० हजार जति अटाउन सक्ने जनाइएको छ । रास्वपाले उद्घाटन सत्रका लागि स्वतस्फुर्त  रुपमा आफैं व्यवस्थापन गरेर सहभागी हुन आह्वान गरिएको छ ।

चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ । असार ७ गते दिउँसो २ बजे उद्घाटन समारोह सुरु गर्ने तयारीमा रास्वापा जुटेको सचिवालयले बताएको छ । रास्वपाको महाधिवेशन उद्घाटन पूर्वी चितवनको टाँडीमा गर्ने भनिए पनि अन्तिम समयमा आएर भरतपुर सारिएको हो ।

महाधिवेशनमा १ सय प्रत्यक्ष निर्वाचनबाट छानिने छन् भने बाँकी पार्टीले मनोनित गर्ने जानकारी गराएको छ । मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेशिन(इभीएम) को सम्झौता भइसकेको बताइएको छ । महाधिवेशनमा सहभागी हुन कतिपय नेताहरु चितवन पुगि सकेको समेत जानकारीमा आएको छ । धेरै जसो नेता कार्यकर्ता शनिबार साँझसम्म चितवन पुग्ने बताइएको छ । ७ गते दिउँसो २ बजे मात्रै उद्घाटन सत्र हुने भएकोले नजिकका जिल्लाहरुबाट ७ गते मात्रै आउनु भनी खबर गरिएको रास्वापाको सचिवालयले जनाएको छ ।