रास्वपा महाधिवेशनका लागि चितवन पुगे प्रधानमन्त्री बालेन
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागिता जनाउनका लागि प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचन स्थल चितवनमा पुगेका छन् । प्रधानमन्त्री शाह परिवारका साथमा निर्वाचन स्थलमा पुगेका हुन् ।
रास्वपाको महाधिवेशनमा भाग लिनका लागि यति बेला देशभरबाट रास्वपाका नेता, कार्यकर्ताहरुको उपस्थिति भइ सकेको छ । महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ ।
आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यक्रम रहेको छ । सो कार्यक्रममा सहभाागिता जनाउनका लागि कांग्रेसका सभापति गगन कुमार थापा पनि चितवन जाँने कार्यक्रम रहेको छ ।
