तराईमा हुस्सका कारण पाँच विमानस्थलमा हुन सकेन उडान
यात्रुको चापले एयरपोर्ट अस्तव्यस्त, यात्रु अलपत्र
काठमाडौं । आज बिहानैदेखि लागेको हुस्सुका कारण तराईको विभिन्न विमानस्थल संचालन हुन सकेको छैन । तराईका पाँच विमानस्थलमा हुस्सु र कुइरोका कारण भिजिविलिटी कम हुँदा खुल्न नसकेको हो ।
विमान कम्पनीहरुले विमानस्थल खुल्न नसकेपछि यात्रुहरुलाई उडानमा ढिलो भएको जानकारी दिएको छ । बुद्ध एयरलाइन्सका अनुसार बाक्लो हुस्सुका कारण जनकपुर , सिमारा, भैरहवा, नेपालगंज र धनगढी विमानस्थल खुल्न सकेको छैन । एयरलाइन्सका प्रवक्ता दिपेन्द्र कर्णले बिहानको सबै उडान क्यानसिल भएको बताए ।
बुद्धसँगै अन्य विमान कम्पनीहरुले पनि ती विमानस्थलमा सेवा दिन सकेका छैनन् । यति एयरलाइन्सले जनकपुरमा हुने दुई वटा उडान रद्द गरेको छ । विमान सेवा अवरुद्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका यात्रु अलपत्र परेका छन् ।
यस्तै, हुस्सु लागेर संचालन हुन नसकेको विमानस्थलहरुमा पनि यात्रुहरु अलपत्र परेका छन् । बिहानैदेखि यात्रुको चाप बढ्दा विमानस्थल अस्तव्यस्त बनेको छ ।

.gif)