sevenstartv.com ११ साउन २०८३, सोमवार

८ दिनदेखि यातायात कार्यालयका सबै सेवाहरु ठप्प

८ साउन २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेकै दिनदेखि देशभरका यातायात कार्यालयबाट दिइने सबै सेवा सुविधाहरु सबै ठप्प छन् । पुरानो सिस्टम विस्थापित गरिएको, तर नयाँ सिस्टम सञ्चालनमा ल्यउनका लागि कढिनाइ भएकाले ८ दिनदेखि यातायात कार्यालयहरुका सबै सेवाहरु ठप्प बनेका हुन् ।

समस्या समाधानका लागि यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयका प्रतिनिधिहरुलाई बोलाएर छलफल पक्रियालाई तिव्रता दिई रहेको छ । विभागमा लाइसेन्स वितरण गर्ने कार्यालयका प्रमुख र प्राविधिक प्रमुखहरु छलफलमा सहभागीता रहदै आएको छ ।

साथै, लाइसेन्स छपाइ गर्ने सुरक्षण मुद्रण केन्द्रबाट पनि प्रतिनिधिको सहभागिता रहेको छ । यातायात व्यवस्था विभागले यातायातसम्बन्धी सेवालाई थप सेवामैत्री, सरल र व्यवस्थित बनाउनका लागि नयाँ एकीकृत डिजिटल प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी गराएको छ ।

विभागले गत ४ गते सूचना जारी गर्दै सेवाग्राहीका विवरणलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र तथा मोबाइल सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको बताएको थियो । यस प्रणालीमार्फत नागरिकहरूले राष्ट्रिय परिचयपत्र, नागरिक एप र मोबाइल नम्बरको प्रयोग गरी विभिन्न यातायात सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्ने जनाइएको छ ।

विभागका अनुसार २०८३ साउन १ गतेदेखि लागू गरिएको नयाँ प्रणालीमार्फत सेवाग्राहीका विवरणहरू स्वतः भर्ने (अटो फिल) व्यवस्था समेत गरिएको छ । तर नयाँ प्रणालीले काम नगरेपछि देशभर सेवा अवरुद्ध हुँदै आएको छ । आजको छलफलमा यातायात कार्यालयका कर्मचारीले सिस्टममा आइरहने समस्याका कारण काम गर्न नसकेको गुनासो गरेका छन् ।

प्रधानमन्त्री कार्यालयबाट नयाँ सफ्टवेयर आए पनि नयाँ सफ्टवेयर आएदेखि नै सेवा सञ्चालनमा नआएको बताइएको छ ।  प्रधानमन्त्री कार्यालयले नै खरिद गरेर ल्याएको नयाँ सफ्टवेयरका बारेमा यसको मूल्य लगाएत यस सफ्टवेयरका बारेमा कोहि जानकारक नरहेको एक कर्मचारी बताउँछन् ।

सफ्टवेयर नयाँ भएकाले यसलाई बुझ्न र संचालनमा ल्याउन कठिनाई भई रहेको ती कर्मचारीको भनाई छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्