एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ
त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
घटनाको सत्यतथ्य छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा त्रिविले तीन सदस्यीय समिति गठन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिएको छ ।
















