आइतबारको बिदा पुनरावलोकन हुँदैन : सस्मित पोखरेल
काठमाडौँ । जनस्तरबाट आएको चर्को दवाव र वादविवादका बिच रहेको आइतबारको बिदा खारेज नहुने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदा खारेज नहुने जानकारी गराएका हुन् ।
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्न समिति गठन गरेपछि आइतबारको बिदा खारेज हुने चर्चा चलेको भए पनि सरकारका प्रवक्ता समेत रहेका पोखरेलले आइतबारको बिदा खारेज हुने चर्चा सत्य नभएको जानकारी गराएका हुन् ।
उनले आइतबारको बिदा यथावत् रहने स्पष्ट पारेका छन् । प्रवक्ता पोखरेलले अन्तराष्ट्रिय अभ्यासमा पनि प्रायः दुई दिन बिदा दिइने प्रस्ट्याउँदै सरकारले आइतबारको बिदा तत्काल हटाउनेबारे नसोचेको जनाएका छन् । सरकारले गत चैत २२ गतेदेखि हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो ।




















