महासचिवमा कडा टक्कर : जित कसकाे ?
काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको मतगणनामा अब १०८८ मतको परिणाम आउन बाँकी छ । ११३९ को गणनामा ८७ मतान्तरसहित अगाडि रहेका महासचिवका उम्मेदवार शंकर पोखरेललाई त्यसपछिको गणनामा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले उछिन्दै लगेको बताइएको छ ।
अबको मत परिणाम अन्तिम हुने भन्दै ती महासचिवमा पाण्डेले नतिजा उल्टाउन सक्ने दाबी जनाइएको छ । विभिन्न बुथमध्ये सबै बुथमा पोखरेलको मत घट्दो र पाण्डेको बढ्दो पाइन्छ । सम्भावना पाण्डेकै बलियो देखिन्छ ।

.gif)