sevenstartv.com २७ जेठ २०८३, बुधवार

प्रतिनिधिसभा बैठक एक बजे बस्दै

२६ जेठ २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सिंहदरबारमा आज १ बजे का लागि बोलाइएको छ । बैठकमा संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने सम्भावित कार्यसूची रहेको उल्लेख गरिएको छ ।

बैठकमा अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि उक्त विषयमा छलफल प्रारम्भ हुने उल्लेख छ ।

साथै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

उक्त बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोर पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएको सभालाई जानकारी गराउने समेत कार्यतालिका रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्