sevenstartv.com २७ जेठ २०८३, बुधवार

लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर

५ नयाँ मन्त्रीले लिए शपथ

२५ जेठ २०८३, सोमवार स्टार संवाददाता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरिएको छ । जिम्मेवारी हेरफेर पश्चात नवनियुक्त पाँचजना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमवार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम एक हप्ताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायतको सहभागिता रहेको थियो ।

पुनर्गठित मन्त्रिपरिषद्‍मा एमालेबाट चार जना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्रीले नियुक्ती लिएका हुन् । एमालेबाट नव नियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथ लिएका छन् ।

चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । अहिर प्रदेश सभाको चार वर्षे कार्यकालमा यो समेत चौथो पटक मन्त्री बन्न सफल भाग्यमानी व्यक्ति हुन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्