sevenstartv.com ८ मंसिर २०८३, मङ्गलवार

राष्ट्रपति पौडेल सेतो मच्छिन्द्रनाथ मन्दिरमा भएको महायज्ञमा सहभागि

महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठ

५ मंसिर २०८३, शनिवार स्टार संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको कनक चैत्य महाविहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागिता जनाएका छन् ।

आर्यावलोकितेश्वर सुधार समूहको आयोजना भएको उक्त महायज्ञ बिहिबारदेखि सुरु भएको हो । महायज्ञको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलको सहित सहभागिता रहेको थियो । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठ लगायतका विधिहरू समावेश गरिएको छ ।

नेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्पराः काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्वपूर्ण मानिने आर्यावलोकितेश्वर  सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी गराएका छन्।

काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मत्स्येन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारहरूमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ ।

राष्ट्रपति पौडेलले सो क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागि भएर भेटी प्रदान गरेका थिए । कार्यक्रममा उर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौ महानगरका कार्यबहाक नगरप्रमुख सुनिता डंगोललगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्