sevenstartv.com ८ मंसिर २०८३, मङ्गलवार

प्रधानमन्त्री शाहलाई भारतका राज्यमन्त्रीद्वारा स्वागत

६ मंसिर २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको हो ।

प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी तथा पत्रकारसहित ३४ सदस्य रहेका छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोलीले आफ्नै खर्चले उक्त भ्रमणमा सहभागीता जनाउँदै छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्