फिफा विश्वकप २०२६ का लागि २ करोड बढी टिकटको माग
टिकट मूल्यमा उच्च वृद्धि गरिएको भन्दै आलोचना, आलोचना पछि घट्यो टिकट दर
काठमाडौं । फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म २ करोड बढी टिकटको माग भएको छ । टिकटको मूल्यमा उच्च वृद्धि गरिएको भन्दै फिफाको आलोचना पनि भइरहेको छ ।
टिकटमा अत्यधिक मूल्यवृद्धि गरिएको आलोचना पछि फिफाले विशेष समर्थकका लागि ६० डलर अमेरिकी टिकट दर तोकेको छ । यो फाइनलसहित १ सय ४ खेलहरुका लागि ६० डलर तोकिएको हो ।
यो टिकट विशेष गरेर छनोट भएका टोलीका समर्थकका लागि हो । यसअन्तर्गत छनोट भएका राष्ट्रिय टिमसँग नजिक रहेका समर्थकलाई मात्र उपलब्ध गराइनेछ । फिफा विश्वकप सन् २०२६ को ११ जुनदेखि १९ जुलाईसम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुनेछ ।।

.gif)