रास्वपाको समानुपातिक सांंसद बन्न ३५३ आकांक्षी
रञ्जु दर्शनादेखि रमेश प्रसाईंसम्म, इलाममा सुहाङसँग चुनाव हारेका मिलन लिम्बूले पनि दिए निवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया सुरु गरे सँगै सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।
रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन गराउनका लागि इच्छुकहरुसँग आवेदन माग गरेको थियो । आवेदन दिनेहरुको सूची आज प्रकाशित गरिएको छ । उनीहरुले प्राइमरी इलेक्सनमा भाग लिन पाउनेछन् । सबैभन्दा बढी आवेदन बाग्मती प्रदेशबाट परेको छ । यो प्रदेशबाट मात्रै ९४ जना जनाले रास्वपाको समानुपातिक उम्मेदवार बन्न चाहेका छन् ।
विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएका समीक्षा बास्कोटा र रञ्जु दर्शनाले बाग्मती प्रदेशबाट आवेदन दिएका छन् । उनीहरु खस आर्य कोटा अन्तर्गत समानुपातिक उम्मेदवार बन्न चाहेका हुन् । रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले पनि यसै प्रदेशबाट उम्मेदवारीका लागि आफ्नो आकांक्षा प्रस्तुत गरेकी छन् । यस्तै पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेको पनि प्रारम्भिक सूचीमा नाम छ ।

.gif)