नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मंगलबार क्याले पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका छन् । यसअघि नेपाली महिला टिमले विदेशी प्रशिक्षक पाएको थिएन ।

.gif)