sevenstartv.com ४ पुष २०८२, शुक्रवार

भारतका दुवै सदनबाट शान्ति विधेयक पास

निजी क्षेत्रलाई न्यूक्लियर इनर्जीमा लगानी गर्न अवसर मिल्ने दाबी, छिमेकी मुलुक पाकिस्तानद्वारा चिन्ता व्यक्त

४ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतका दुवै सदनबाट शान्ति विधेयक पास भएपछि छिमेकी मुलुक पाकिस्तानले चिन्ता व्यक्त गरेको छ । यस विधेयकबाट निजी क्षेत्रलाई न्यूक्लियर इनर्जीमा लगानी गर्न अवसर मिल्ने दाबी सार्वजनिक भएपछि पाकिस्तानले चिन्ता व्यक्त गरेको हो ।

संवेदनशील परमाणु सामग्री र त्यससँग जोडिएका जानकारीको लागि निजी क्षेत्रको सहभागिता चिन्ताको विषय हो । यस प्रकारका कुनै पनि परिस्थितिबाट जोगिनका लागि पर्याप्त सुरक्षा उपाय अपनाइने विश्वास व्यक्त गरिएको छ ।

 भारतका नरेन्द्र मोदीले भने यस कानुनबाट स्वच्छ ऊर्जाको भविष्य बलियो हुने दाबी गरेका छन् । उनले यसबाट निजी क्षेत्र र युवाहरुका लागि अवसरको नयाँ ढोका खुल्ने उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्