एमालेको केन्द्रीय सदस्यमा राधिका खतिवडा निर्वाचित
काठमाडौं । एमालेको केन्द्रीय सदस्यमा राधिका खतिवडा निर्वाचित भएकी छन् । अधिवक्ता खतिवडा नेकपा एमाले ११ औं महाधिवेशनबाट १९१५ मतका साथ लोकप्रिय मत हासिल गरि केन्द्रीय सदस्यको बन्न सफल भएकी हुन् ।
निर्वाचनमा जम्मा २ हजार २६३ मतदाता रहेकामा २ हजार २२७ मत खसेको थियो । खसेको मत मध्यबाट ३१२ जनाले मात्र नेतृ खतिवडा मतदान गरेनन् । दुवै प्यानलको लिस्टमा पर्न सफल नेतृ खतिवडाले सानदार मतका साथ विजयी हुँदा लोकप्रिय नेताहरुले भने हार बेहोर्नु पर्यो ।
लामो समय अनेरास्ववियूको राजनीतिमा सक्रिय अधिवक्ता राधिका खतिवडा एक दसक यता कानुन व्यवसायमा सक्रिय छिन् ।

.gif)