इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सी विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ ।
एभर्टनविरुद्ध चेल्सीले महत्त्वपूर्ण जित निकालेको हो । घरेलु मैदानमा खेलको सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको चेल्सीले २–० को जित निकालेको हो ।
चेल्सीको जितका लागि पहिलो हाफको २१ औं मिनेटमा कोल पामरले पहिलो गोल गरे भने पहिलो हाफकै अन्तिम समयमा मालो गुस्टोले गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० ले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा गोल गर्न सकेन। एभर्टनलेसमेत जवाफ फर्काउन नसकेपछि चेल्सी २–० ले विजयी भएको हो ।

.gif)