एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको अध्यक्ष ओलीको भनाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएका छन् ।
११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पुरा गर्नुपर्ने बताएका हुन् ।
ओलीले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गरे । उनले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न निर्देशन दिएका छन् । पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उनले आग्रह गरे ।
सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य भएको उनले स्मरण गरे । समाज हुनको लागि अनुशासन अपरिहार्य रहेको आलीले स्पष्ट पारेका छन् । उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र ती मध्य पनि अग्रदस्ताको रूपमा रहेको एमाले भित्र दृढ अनुशासन अपरिहार्य रहेको उनले बताए । एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी नभएको उनले स्पष्ट पारे ।

.gif)