sevenstartv.com ५ पुष २०८२, शनिवार

सुन व्यवसायीको प्रदर्शन

२९ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका हुन् । अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति(नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्