sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

४ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हो  ।

 केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्न लागेको हो । मंसिर २७ गते भक्तपुरमा उद्घाटन भएर सुरु भएको महाधिवेशन पुस ३ गते बिहीबार नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । 

महाधिवेशनपछि बस्न लागेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्