वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब एक करोड रुपैयाँ अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकि कार्यालयले गत आवको पाँच महिनामा भने ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभयो । उहाँले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको जनाए । साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब नौ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड रुपैयाँ र मङ्सिर महिनामा भने २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

.gif)