भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला
काठमाडौं - भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म गरिएको एचआइभी परीक्षणका क्रममा ८३ जना नयाँ सङ्क्रमित फेला परेका छन्।
अस्पतालका अनुसार उक्त आर्थिक वर्षमा सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ८३ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो।
अस्पतालका एचआइभी फोकलपर्सन डा. सङ्केतकुमार रिसालले सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई शीघ्र एआरटी सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो।
अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारलाई निरन्तरता दिने, सङ्क्रमण रोकथाम गर्ने तथा आमाबाट शिशुमा एचआइभी सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ।
भेरी अस्पतालले एचआइभी परीक्षण तथा उपचार सेवामार्फत सङ्क्रमितको स्वास्थ्य अवस्था सुधारसँगै सङ्क्रमण फैलिन नदिन आवश्यक परामर्श र उपचारमा समेत जोड दिँदै आएको छ।


-18.jpg)





_byioohl-18.jpg)









