नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको महामन्त्री शर्माको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व चयनका लागि नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी गरेका छन् ।
नेतृत्वमा कसलाई ल्याउने एमालेको आन्तरिक विषय भएको उल्लेख गर्दै महामन्त्री शर्माले जेनजी आन्दोलन पछि बदलिएको परिवेशलाई आत्मसात गर्न निर्वाचित कमिटीलाई सुझाव दिएका हुन् ।
सुशासन स्थापित गर्ने सन्दर्भमा नयाँ या पुराना सबै राजनीतिक दलहरूको साझा संकल्प हुनुपर्ने महामन्त्री शर्माले बताए ।

.gif)