sevenstartv.com ५ पुष २०८२, शनिवार

सरकार गठनको सयदिन पुरा, चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको प्रधानमन्त्रीको भनाइ

५ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् । 

जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले भिडियो सन्देश जारी गरी सम्बोधन गर्दै जेन्जी आन्दोलनको भावना अनुसार सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी हुन् । उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको जिकिर गरीन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने प्रष्ट पारीन् । उनले चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण रहेको  जनाइन् । अराजकताले कसैलाई खुसी नदिने भन्दै प्रधानमन्त्रीले शान्ति र स्थिरताका लागि सबैलाई एकजुट हुन आग्रह गरेकी छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्