sevenstartv.com ५ पुष २०८२, शनिवार

सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दै

५ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएको छ । उनीहरूबिचको छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ ।

कांग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्