राष्ट्र बैंकले वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना प्रकाशन गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले क वर्गका वाणिज्य बैंकमा ९६ करोड, ख वर्गका विकास बैङ्कमा १८ करोड र ग वर्गका वित्त कम्पनीमा ६ करोड बराबरको रकम लगानी गर्न लागेको हो।
बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कुल पूँजीकोष कायम रहेको, कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।

.gif)