sevenstartv.com ४ पुष २०८२, शुक्रवार

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश, २ करोड ६८ लाख धरौटी माग

४ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । उच्चले बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । 

उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उहाँ थुनामुक्त हुनुहनेछ  । उच्चले उनको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो । यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुनेछन्  । 

यता उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका छविलाल जोशीको हकमा जिल्ला अदालतको आदेश बदर गर्दै मिसिल पुनः जिल्ला अदालतमै फिर्ता पठाउने आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतले २०८२ असोज २६ गते गरेको थुनछेक आदेशलाई बदर गरे पनि जोशीलाई सिधै थुनामुक्त भने गरेको छैन । अदालतले जोशीको मुद्दालाई प्रमाणको अभावका कारण पुनः तल्लो अदालतमै फर्काइदिएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्