साफ यू-२० च्याम्पियनसिपमा आज भारत र भुटान खेल्दै
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आज साविक विजेता भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा हुने समूह बी को यो खेल दिउँसो तीन बजे सुरु हुनेछ । भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित नेपाल आएको छ ।
दुइ वर्षअघि भुटानमा नै भएको साफ अन्डर सेभेन्टिन च्याम्पियनसिप खेलेका खेलाडी नै अहिले भारतीय टिममा छन् । उक्त खेलमा भारतले भुटानमाथि तीन-शून्य गोलको जीत हात पारेको थियो ।
प्रतियोगितामा नेपालले विजयी सुरुवात गरिसकेको छ । हिजो भएको उद्घाटन खेलमा नेपालले श्रीलङकालाई एक-शून्य गोलले पराजित गरेको हो ।

.gif)