एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाको पहिलो जित
काठमाडौं । चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चन्द्रपुरले सुदूरपश्चिम प्रदेशलाई ४–० ले पराजित गरेको हो । जितसँगै चन्दपुरले चार खेलबाट पाँच अंक जोडेको छ ।
सुदूरपश्चिम भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ । चन्द्रपुरको जितमा अनिता रानामगर, रजनी थोकर, सुनिता सुनार र सजनी थोकरले गोल गरे । तेस्रो मिनेटमै चन्द्रपुरले अनिताको गोलमार्फत सुरुआती अग्रता लिएको थियोे ।
त्यसको १२ मिनेटपछि नै रजनीले अर्को गोल थपिन् । खेलको ६४ औं मिनेटमा सुनीताले कर्नरबाट प्रहार गरेको बलले सीधै जाली चुम्यो ।
खेलको ९० औं मिनेटमा सजनी थोकरले सीधै गोल गर्दै चन्दपुरलाई पहिलोपटक स्पष्ट तीन अंक दिलाइन् ।

.gif)