समाज
रोकिराखेको ट्रकमा बस ठोक्किँदा ३३ जना घाइते
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका- ९ मा रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते भएका छन् । टिकौली जंगलमा इँटा लोड गरेर राखिएको ट्रकमा दुईवटा बस ठोक्किएका हुन्। दुर्घटना गएराति करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ ।<...



