sevenstartv.com २१ मंसिर २०८२, आइतवार

रोकिराखेको ट्रकमा बस ठोक्किँदा ३३ जना घाइते

१४ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका- ९ मा रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते भएका छन् । टिकौली जंगलमा इँटा लोड गरेर राखिएको ट्रकमा दुईवटा बस ठोक्किएका हुन्। दुर्घटना गएराति करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ ।

काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३–००१ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष बस ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएको हाे । 

दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याएको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा १५, नेसनल सिटी अस्पतालमा १३ र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनापछि सडक अवरुद्ध भएको थियो। सशस्त्र प्रहरीको टोलीले सडक एकतर्फी खुलाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्