sevenstartv.com २१ मंसिर २०८२, आइतवार

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

७ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो । 

जीप कसले चलाएको थियो र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जीप चालकको खोजी भइरहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्