मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको हो ।
गोदावरी नगरपालिका–१४ हाडेगाउँ घर भएकी महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ ।
मोटरसाइकल पछाडि सवार २३ वर्षीय मनदिप पराजुली घाइते भएका छन् ।

.gif)