sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

हुम्लाको डाँडाफयामा भालुको आतङ्क

८ कार्तिक २०८२, शनिवार स्टार संवाददाता

काठमाडाैं । यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतङ्क मच्चाएको छ । ​डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ ।

गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको छ ।  यो महिना मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएका छन् । 

भालु नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जङ्गलमा नजान आग्रह गरिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्