sevenstartv.com २१ मंसिर २०८२, आइतवार

जिपको ठक्करबाट एक जनाको मृत्यु

१० कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको सोही ठाउँमा भएको दुर्घटनामा मृत्यु भएको हो ।

ब्यास गाउँपालिका–३ सिना बस्ने ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि धनगढीको माया मेट्रो अस्पतालमा लैजान त्यहाँबाट रेफर गरिएको थियो । 

गोकुलेश्वर पुगेपछि घाइते लुहारको मृत्यु भएको जनाइएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्