sevenstartv.com ११ साउन २०८३, सोमवार

असारको बिजुली खपतमा भ्याट लाग्दैन : राजस्व विभाग

११ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको विद्युत् सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धमा देखिएको अन्योल हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

विभागका अनुसार आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गरी विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ ।

विभागको सूचनामा २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल २०८३ साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गतेअघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची १ समूह २ अन्तर्गत आवश्यक वस्तुका रूपमा विद्युत् शक्ति समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्