sevenstartv.com २२ मंसिर २०८२, सोमवार

मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

२५ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका- ३ खत्रीटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

गएराति करिब ११ः४५ बजे ग २६ प २२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकछेउको घरको भित्तामा ठोक्किएको थियाे ।

दुर्घटनामा रूपन्देहीको बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका- २ बसपार्कमा बस्दै आएका २८ वर्षका विजय तामाङ गम्भीर घाइते भएका थिए ।उपचारका क्रममा उनलाई राति नै आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको बताइएकाे छ । 

मोटरसाइकल पछाडि बसेका गोरखा शहीद लखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका-३ बस्ने २२ वर्षीय विप्लव गुरुङ गम्भीर घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा  रेफर गरिएको प्रहरीले जनाएको छ । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्