बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु
काठमाडौं । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा : प्र –०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११ कडरिया चोकमा ठक्कर दिएको थियो ।
ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
