sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

सगरमाथा आरोहीको लेक लागेर निधन

२७ वैशाख २०८३, आइतवार स्टार संवाददाता

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना नेपाली नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्मुका अनुसार सोलुदुधकुण्ड नगरपालिका–७ स्थायी बसोबास गर्ने विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको हो ।

सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४:०० बजेतिर अचानक बिरामी परेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका जानकारी गराएका छन् । घिमिरेलाई तत्काल बेस क्याम्पतर्फ फर्काए पनि बाटोमै निधन भएको बताइएको छ ।

ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउँने तयारी प्रहरीले गरि रहेको जानकारी गराइएको छ । सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्