sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

एसईईको नतिजा सार्वजनिकको अन्तिम तयारी

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

२७ वैशाख २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा रहेको जनाएको छ । बोर्डले यही वैशाख महिनाभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।

चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा यस वर्ष अन्य वर्षहरुको तुलनामा निकै अघि सार्वजनिक हुने भएको छ । नतिजा निकाल्ने तयारीसँगै बोर्डले एक सूचना जारी गरी नतिजा प्राप्त गर्न वा हेर्न सक्ने माध्यमहरुको सूची समेत सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी गराएको छ । परीक्षा संचालनमा रहेका बेला देखि नै कापी जाँच्ने कामलाई तिव्रता दिएका कारण यस वर्षको नतिजा समय अगावै सार्वजनिक हुने भएको हो ।

यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्