sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

साढे एक किलो चाँदीसहित एक जना पक्राउ

२९ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका वडा नम्बर १० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेत छन् । सोमबार अपराह्न साढे तीन बजेतिर प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको हो ।

सोधपुछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सूचना प्रकाश जबेगुले जानकारी दिए ।

उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्