sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

अख्तियारले बन्द गर्यो पूर्वगृहमन्त्री लेखक, सचिव दुवाडी लगाएतको मुद्दा

२७ वैशाख २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायतमाथि तत्काल मुद्दा नचल्ने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा तत्कालीन गृहमन्त्री लेखक र गृहसचिव दुवाडीमाथि मुद्दा नचल्ने गरी अख्तियारले फाइल बन्द गरेको बताइएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको भनी विशेष अदालतमा जानकारी पठाएको अख्तियारले ‘केही पनि प्रमाण नभेटिएको’ भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो ।

लामो अनुसन्धान पश्चात सो मुद्दालाई अदालतले किनारा लगाएको हो । बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भए पश्चात यस मुद्दालाई अझ बल्झाउने कोशिष गरिए पनि अख्तियारले एथेष्ट प्रमाण नभेटेको भन्दै फाइल बन्द गरिदिएको बताइन्छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्