सुनचाँदीकै मूल्यमा सामान्य बृद्वी
काठमाडौं । सोमबार सुनको मूल्य बृद्वी भएको छ । आइतबार प्रतितोला दुई लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार(आज) १४ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४७३० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४७ हजार ५ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०५५ रुपैयाँ कायम भएको छ ।
