नीति तथा कार्यक्रम पारितका लागि मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठकको आह्वान गरेको छन् । सोमबार बिहान साढे १० बजे बैठक बस्ने तयारी भइ रहेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जानकारी गराइएको छ । सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
